माघ ११, दाङ । गुणस्तर खानेकुरामा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन दाङको घोराहीमा सम्पन्न एक कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय दाङको सभाहालमा गरिएको कार्यक्रममा सबै वक्ताहरुले गुणस्तर खानेकुरामा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन जोड दिएका हुन ।
पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यकाे अध्यक्षतामा कार्यक्रम भएको हो ।
साे अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिती पशु क्वारेन्टाइन कार्यालय गडडा चौकी कंचनपुरका वरिष्ठ पशु चिकित्सक डाक्टर बिनय कुमार कर्ण, दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिबी राना, पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँकेका वरिष्ठ पशु चिकित्सक डाक्टर भक्त निउरे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रबक्ता उत्तम जिसी, सशस्त्र प्रहरी बल घोराहीका प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रतिनिधि विभिन्न पशु कार्यालय घोराही तुल्सीपुरका पशु चिकित्सक दाङ उद्योग बाणिज्य संघ प्रतिनिधि, कुखुरा ब्यवसायी प्रतिनिधि, मासु ब्यवसायी, दाना चल्ला ब्यबासायी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, पत्रकार सागर थापा लगायतले भारतमा बर्डफ्लु उच्च जोखिम देखिएकोले नेपालको खुला सिमानामा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई जोड दिएका थिए । अन्तरक्रिया कार्यक्रमकाे सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भालुवाङ्गका कार्यालय प्रमुख पशु चिकित्सक डाक्टर गिरिराज अधिकारीले गरेका थिए । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशु चिकित्सक डाक्टर निउरेले कार्यक्रममा उठेका प्रश्नहरुका जवाफ दिएका थिए ।