माघ ११, काठमाडौं । प्रहरीले हेटौंडामा गुण्डागर्दी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार शनिबार बिहान ११ बजे मकवानपुर हेटौंडा उपमहानगरपालिका १० राममन्दिरस्थित उत्तम कार्की मोटर ग्यारेजमा काम गर्ने दुई जनामाथि कुटपिट भएको थियो।
उक्त ग्यारेजमा बारा कोल्बी नगरपालिका-९ घर भइ हेटौंडा-४ बस्ने २४ वर्षीय पुरूषोत्तम चौधरी र २७ वर्षीय मुनामदन चौधरीमाथि कुटपिट भएको थियो । प्रहरीले शनिबार धादिङ कोरडाराका २० वर्षीय सन्तोष लामा, २५ वर्षीय बिनय वाईबा, २७ वर्षीय आशिष लामा, १८ वर्षीय राज कार्की र २८ वर्षीय सागर लामालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।