पौष ८, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप १४८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौमा १०१, भक्तपुरमा १३ र ललितपुरमा ३४ गरी १४८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौ उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ९२४ पुगेको छ । त्यस्तै देशभर थप २ सय ९३ जनामा कोरोना पुष्टि भएको छ ।