• २०८३ बैशाख ८ गते मङ्गलवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, तेह्रथुम । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका- २ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

खगेन्द्रले ती महिलालाई बारीमा गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस