• २०८३ असार ३ गते बुधवार

टेलिभिजन प्रिमियरमा पनि ‘धुरन्धर’ को किर्तिमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ३, काठमाडौं ।  बलिवुड फिल्म ‘धुरन्धर’ ले विश्व टेलिभिजन प्रिमियरमार्फत ५ करोड ३० लाखभन्दा बढी दर्शक जुटाउँदै नयाँ कीर्तिमान बनाएको छ । जियोस्टार सञ्जालअन्तर्गतका स्टार गोल्ड, स्टार गोल्ड–२ र कलर्स सिनेप्लेक्समा प्रसारण भएको फिल्मले पछिल्लो पाँच वर्षमा कुनै पनि विश्व टेलिभिजन प्रिमियरले हासिल गरेको सबैभन्दा ठूलो दर्शक पहुँच प्राप्त गरेको हो ।

प्रसारण भएको चार घण्टाभित्रै चलचित्रले प्राप्त गरेको दर्शक संख्या तीन महिनासम्म सिनेमाघरमा प्रदर्शन हुँदा पुगेको कुल दर्शक संख्याभन्दा १.४ गुणा बढी रहेको जनाइएको छ ।

जियोस्टारका हिन्दी तथा अङ्ग्रेजी मनोरञ्जन व्यवसाय (स्ट्रिमिङ, टेलिभिजन र स्टुडियोज) प्रमुख आलोक जैनले ‘धुरन्धर’ को सफलताले उत्कृष्ट कथावाचनको शक्ति अझै पनि बलियो रहेको प्रमाणित गरेको बताए ।

उनले ५ करोड ३० लाखभन्दा बढी दर्शकसम्म पुग्नु निकै ठूलो उपलब्धि भएको बताउदै दर्शकले विभिन्न माध्यमबाट सामग्री हेर्ने गरेका छन् र प्रत्येक माध्यमले त्यसको पहुँच र प्रभावलाई अझ विस्तार गरिरहेको बताए ।

जियो स्टुडियोजले प्रस्तुत गरेको ‘धुरन्धर’ बी–६२ स्टुडियोजको निर्माण हो । फिल्मको कथा, निर्देशन तथा सह–निर्माण आदित्य धरले गरेका हुन् भने ज्योति देशपाण्डे र लोकेश धर निर्माता रहेका छन् ।

चलचित्रमा रणवीर सिंह, अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल, आर. माधवन र सारा अर्जुनको अभिनय रहेको छ । धुरन्धर बलिवुड इतिहासमै सबै भन्दा धेरै कमाउने फिल्मको सुचीमा दोस्रो स्थानमा छ ।२०२५ मा रिलिज भएको यो फिल्मले भारतीय बक्स अफिसमा ८९५ करोड भारु कमाई गरेको थियो । त्यस्तै यस बर्ष मार्चमा रिलिज भएको धुरन्धरको सिक्वेल फिल्मले ११०८ करोड भारु कमाई गर्दै शिर्ष स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस