• २०८३ भाद्र १९ गते शुक्रवार

कांग्रेसको सभापतिमा बान्तवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङसिर ७, भोजपुर । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित हुनुभएको छ । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले ४१५ मत ल्याउनुभएको थियो ।वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याउनुभएको थियो ।

तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताउनुभयो । जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको र ६० मत बदर भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस