• २०८३ बैशाख १० गते बिहिवार

यू–१९ क्रिकेट प्रतियोगिता : पाण्डेको कप्तानीमा गण्डकीको टोली घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर ७, कास्की । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले काठमाडौँमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ ।

गत कात्तिक २९ देखि मङ्सिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो । गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुका अनुसुार १४ नियमित र चार वैकल्पिक खेलाडी छनोट गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी सुभाष भण्डारीलाई दिइएको छ । छनोट भएका अन्य खेलाडीमा अर्जुन कुमाल, किरण पौडेल, दीपक डुम्रे, कमल परियार, सुदीप अर्याल, मिलन छेत्री, सुजन गौतम, सन्देश सुनार, सचिनराज अधिकारी, अभिषेक थापा, उत्सव श्रेष्ठ र प्रशान्त सिंह रहनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस