• २०८३ जेष्ठ २८ गते बिहिवार

माओवादीको राम्रा कुराको प्रचार गरेको हुँ, सदस्यता लिएको छैन : लीलामणि पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं । नेपालका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व राजदूत लीलामणि पौडेलले माओवादीको राम्रा कुराको प्रचार गरेको तर सदस्यता नलिएको बताएका छन् । पौडेलले जिल्लामा हुने गरेका माओवादीका कार्यक्रममा उपस्थित भएको स्वीकार गर्दै नेकपा माओवादी केन्द्र प्रवेश भने नगरेको बताएका हुन् ।

पछिल्लो समय माओवादीका कार्यक्रममा उनको उपस्थिति बाक्लिँदै गएपछि उनी माओवादीमा लागेको कुराले चर्चा पाउन थालेको छ । गृह जिल्ला गुल्मी गएका पौडेल जिल्लामा आयोजित माओवादीको कार्यक्रम तथा विभिन्न प्रशिक्षणमा सहभागी हुन थालेका छन् ।

उनले रातोपाटीसँगको कुराकानीमा विषयगत क्षेत्रमा पार्टीहरूले बोलाउँदा अस्वीकार नगर्ने गरेको भन्दै जिल्लामा माओवादीको कार्यक्रममा उपस्थित भएको स्वीकार गरेका छन् ।

उनले प्रशासक हुँदा सेवाग्राही मैत्री नीति बनाउन, विकृति र बेथिति घटाउन, हेलो सरकारलाई प्रभावकारी बनाउन, किसान तथा उत्पादकका समस्या समाधानमा पहल गर्न तथा बागमती सफाइ महाअभियान सुरुवात गरी सफाइ जागरण सञ्चालन गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस