• २०८३ बैशाख १० गते बिहिवार

१३ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौँ । काठमाडौँबाट प्रहरीले १३ जना जुवाडलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीका अनुसार गएराति साढे १२ बजे कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरेको हो ।

स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस