• २०८३ मङ्सिर ४ गते बिहिवार

मोस्ट वान्टेड ‘सहनी’को भारतमा हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, रौतहट । नेपाल प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका बिन्दबासिनी सहनी ‘बीरबासनी’ को भारतमा हत्या भएको छ। रौतहट जिल्ला परोहा नगरपालीका घर भएका सहनीको भारतको मोतिहारीमा हत्या भएको हो।

मोतिहारी चम्पापुर नजिकै मोटरसाइकलमा हिँडिरहेको अवस्थामा उनीमाथी अज्ञात समुहले गोली प्रहार गरि उनको हत्या भएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सहनीको हत्या भएको अनौपचारीक सुचना प्राप्त गरेको बताए। उनले भने ‘हत्या भएको भन्ने सुन्नमा आएको छ। औपचारिक रुपमा हामीलाई कसैले सूचना पठाएको छैन। उनी विभिन्न अपराध कार्यमा संग्लन थिए।

रौतहट बसन्तपट्टिटोल स्थाई घर भएका ४५ वर्षीय सहनी नेपाल प्रहरीको खोजीमा थिए। उनी लामो समयदेखि भारतमा लुकेर बसेका थिए। सहनी बसन्तपट्टी गाविसका पुर्वअध्यक्ष जोगिन्द्र सहनीका छोरा हुन्। उनी हत्या, अपहरण, फिरौती मुद्धामा संग्लन भएको र रौतहट जिल्ला अदालतले जेल सजायको फैसला गरेको बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस