• २०८३ जेष्ठ ३० गते शनिवार

खेल अनुशासन र शारीरिक क्षमताको कलात्मक प्रदर्शन हो : नेता श्रेष्ठ

राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

भदाै ७, प्युठान । प्युठान नगरपालिका २ मा भलिबल प्रतियोगिता आज देखि सुरु भएको छ । प्युठान युथ क्लबद्रारा आयोजित”महेश स्मृति बृहत भलिबल प्रतियोगिताको अध्यक्षता सस्थाका अध्यक्ष नारायण के सि र अनेरास्ववियुका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज सुमन श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।


सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले खेल अनुशासन र शारीरिक क्षमताको कलात्मक प्रदर्शन भएकाले खेलले मानिसलाई अनुशासनको दायरामा बस्न सिकाउनुका साथै स्वास्थ्यको लागि पनि खेल अपरीहार्य भएको बताउनुभएको थियो।

साथै उहाँले सरकारले खेललाई विज्ञानसँग जोडेर अझै हेर्न नसकेको गुनासो गर्दै यसलाई सामान्य मनोरञ्जन मात्र ठान्ने प्रचलन कायम हुँदै आएको र खेल प्रति राज्यको लगानी अपर्याप्त र अपूर्ण रहेको बताउनु हुन्छ ।” बर्सेनि सन्चालन हुने महेश स्मृति भलिबल प्रतियोगिताले जिल्लाको खेलकुद बिकासको क्षेत्रमा कोशेढुङ्गा साबित हुने नेता श्रेष्ठको भनाई छ।प्रतियोगिता बारे प्रकाश पार्दै क्लबका अध्यक्ष नारायण के सि ले प्रथम,द्धितिय र तृतिय हुनेलाई क्रमशः ४० हजार, २० हजार र १० हजार र प्रमाण पत्रको ब्यवस्था गरिएको जानकारी दिनुभयो ।

जिल्लामा खेलकुदको विकास गर्नका लागि यस्ता प्रतियोगितालाई निरन्तरता दिने अध्यक्ष के सि ले प्रतिबद्धता जनाउनुभयो। बिहिवार सम्म चल्ने उक्त प्रतीयोगितामा रुपन्देही ,रोल्पा,अर्घाखाँची दाङ्ग बाट १ /१ टिम र बाकी जिल्लाका विभिन्न क्षेत्र समेत गरि जम्मा १५ वटा टिम सहभागी भएको आयोजकले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस