भदौ ७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपाल(भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।

चौथाइवाले आइतबार अपरान्ह काठमाडौं आएका हुन्। देउवा प्रधानमन्त्री बनेपछि माथिल्लोस्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन्। भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, लोकतान्त्रिक जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका थिए।