• २०८३ जेष्ठ ६ गते बुधवार

शिशुसहित दम्पतीद्वारा झुण्डिएर आत्महत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, झापा । ८ महिने शिशुसहित झापामा एक दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन् । कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुण्डिएको अवस्थामा सोमबार विहान फेला परेको हो।

इलाका प्रहरी कार्यालय सुरुंगाका अनुसार पहिला शिशुलाई झुण्ड्याएर पछि दम्पतीले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ । नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।

आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस