• २०८३ जेष्ठ २४ गते आइतवार

तालिबानले ‘मिडिया प्रोपोगाण्डा’ थाल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, ७ एजेन्सी ।अफगानिस्तान कब्जा गरेको कट्टरपन्थी समूह तालिबानले त्यहाँका मिडियाहरूलाई आफ्नो प्रचारबाजीमा प्रयोग गर्न थालेको छ।

आफूलाई समर्थन गर्ने मिडियाहरूबाट तालिबानले अफगानिस्तानको अवस्था सामान्य रहेको देखाउन भरमग्दुर प्रयास गरिरहेको छ। तर, त्यहाँको अवस्था तलिबानले दाबी गरेजस्तो छैन।

तालिबानले मिडियाहरूबाट आफ्नो दर्शनको प्रचार र विपक्षीहरूप्रति कटाक्ष गरिरहेको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानिस्तानको अल–एमाराह स्टुडियोका टेलिभिजनकर्मी केही दिनयता सडकमा देखिन थालेका छन्।

उनीहरूले तालिबानले तोकेका मानिसहरूसँग कुरा गर्दै स्थिति सामान्य भएको बताएको भिडियो फुटेज सार्वजनिक गरिरहेका छन्।

तालिबानले अघिल्लो साताको आइतबार राजधानी काबुल कब्जा गरेको थियो। अहिले त्यहाँ निकै अराजकताको अवस्था देखिएको छ। तालिबानले आफ्ना विरोधीहरूलाई छानीछानी यातना दिने, बेपत्ता बनाउने र हत्या गर्ने क्रम बढेको अन्तरराष्ट्रिय मिडियाहरू उल्लेख गरिरहेका छन्।

तालिबानले हत्या र यातना दिने त्रासमा हजारौँ अफगानी नागरिक काबुल अन्तरराष्ट्रिय विमानस्थलमा उद्दार अपेक्षा गर्दै बसिरहेका छन्। उनीहरू सकेसम्म चाँडो देशबाट भाग्न चाहन्छन्।

Sharing

प्रतिक्रिया दिनुहोस