साउन ८, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले पदभार सम्हालेपछि पहिलोपटक चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी बुधबार तिब्बत आइपुगेका हुन् ।

विमानबाट न्यिङ्ची शहरमा ओर्लिएका सी त्यहाँबाट रेल चढेर ल्हासासम्म आएका थिए । यो रेल सेवा केही समयअघि मात्र सञ्चालनमा आएको थियो । निर्माण सकिएपछि यो रेल सेवाले तिब्बतलाई सिचुवान प्रान्तसँग जोड्नेछ । उनी बिहीबार भ्रमण सकेर फर्किएका छन् ।