असार ९, काठमाडौं । विपतको सामना गर्न सरकारले तयारी नगरेको सांसदहरुले आरोप लगाएको छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा सांसदहरुले सरकार विपतको अवस्थामा निकै कमजोर भएको आरोप लगाएका हुन ।

बैठकमा सांसद नारायणकाजी श्रेष्ठले कुनै पनि सरकार पूर्व तयारी नगरी बस्नाले वर्षेनी नेपालमा धनजनको क्षती भएको आरोप लगाए । उनले सरकारलाई जनउत्तरदायी बनाउन र जनताको जीउधनको सुरक्षा गर्न अग्रह समेत गरे । खिमलाल भट्टराईले खोप नपाएका जनतालाई खोप दिन पहल गर्नुपर्ने बताए । उनले दक्षिण एसियामा खोप लगाउने देशमा नेपाल दोस्रो स्थानमा भएपनि खोल लगाउन बाँकी जनसंख्यालाई खोपको व्यवस्थापन गर्न सरकारसंग आग्रह गरे ।
उनले विगतमा भोगेका समस्या फेरि दोहोरिन नदिन सरकारले पहलकदमी चाल्नु पर्ने र कोरोनाको तेस्रो लहरको सामना गर्न दरिलो भएर लाग्नु पर्ने जिकिर गरे । सांसद भट्टराईले बाढी पहिरो गएका ठाउँमा राहत र उद्धारका कार्यमा तीव्रता दिन सरकारसंग माग गरे ।
लिपुलेक क्षेत्रमा नेपालको भू–भाग मिचिएको हो वा होइन सत्यतथ्य बुझ्नु सांसद भट्टराईएको माग गर्दै चाडो भन्दा चाडो लिपुलेकबारे तथ्य बाहिर ल्याउनुपर्ने तर्क गरे ।बाढी र पहिरोबाट संकटमा परेका जनताको तत्काल आवश्यक पर्ने ठाउँमा उद्दार, राहत र वासस्थानको व्यवस्था गर्नुपर्ने सांसदहरुको भनाइ छ ।