• २०८३ जेष्ठ ३ गते आइतवार

थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस