• २०८३ बैशाख २० गते आइतवार

निषेधाज्ञामा भारतबाट लागुऔषध ल्याउने महिला पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, मोरङ । कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएको भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेकी एक महिला विराटनगरबाट पक्राउ परेकी छन् । कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका समयमा लागुऔषध लिएर नेपाल छिरेकी सुनसरीको इटहरी उपमहानगरपालिका–१ की ४१ वर्षीया रेखा न्यौपाने पक्राउ परेकी हुन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले उनलाई विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट शनिबारसाँझ ६ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेकी महिलाको साथबाट झोलामा राखेर ल्याउँदै गरेको लागुऔषध डाइलेक्स डीसी ५० बोतल, नाइट्राभेट एक सय ट्याब्लेट र स्पास्मोप्रोक्सिभन प्लस चार सय ४३ चक्की बरामद भएको छ ।

‘कोरोना महामारीका समयमा निषेधाज्ञाको उल्लंघन गर्दै महिला भारतबाट नेपालतिर छिरेको पाइएपछि नियन्त्रणमा लिएर चेकजाँच गरिएको थियो । पक्राउ परेकी न्यौपानेविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस