• २०८३ जेष्ठ १ गते शुक्रवार

आइसुलेनबाट गाउँपालिका अध्यक्ष घर्तीको सूचना सहित मातहतकालाई निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ९, रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती कोरोनाबाट सामान्य अवस्थामा फर्किसक्नु भएको छ । आइतबार अध्यक्षको सचिवालय मार्फत एक सूचना जारी गर्दै सूचनामा भनिएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको जेठ ०३ गते कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

गाउँपालिका अध्यक्ष केहिदिनको कोरोना लडाइ पछि अहिले सामान्य अवश्थामा फर्किसक्नु भएको कुरा सवैमा जानकारी गराउदछौँ । साथै स्वास्थ्यकर्मीको सल्लाह अनुसार अझै ४र५ दिन होम आइसुलेसन पछि पुनः गाउँपालिकाको कामकाजमा फर्कनुहुने सवैमा जानकारी गराउदछौँ । सचिवालयले सूचना जारी गरेको छ ।

त्यसैगरि शनिबार विहान अध्यक्ष घर्तीले आफ्नो फेसवुकबाट भन्नुभएको छ सबै सबैमा हार्दिक नमस्कार भन्न चाहान्छु । मेरो स्वास्थ्य बारे चिन्ता ब्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्ण मानुभाव हरुलाई एकमुष्ट हार्दिक धन्यवाद ब्यक्तगर्दछु र पुनःभुमिकामा फर्किदै छु ।

शनिबार पुन साँझपख आफ्नो फेसवुकबाट भन्नुभएको छ सुनिलस्मृती गाउँपालिकाका सम्पुर्ण ८ वडा समितिहरु निम्न कार्य गर्न गराउनु हुन को लागि थप निर्देशन गर्दछु भन्दै आफ्नो फेसवुकबाट निर्देशन सहित सूचना जारी गर्नुभएको छ :

१. कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएका ब्यक्तीहरुलाई जरुरी आइसोलेशनमा राख्नुपर्ने छ ।
२. सङ्क्रमित ब्यक्तीहरुको घर परिवारहरुलाई पनि कोरोना परिक्षण अनिवार्य गराउनु पर्नेछ ।
३. कोरोना देखा परेको घर परिवार सङ्ग छिमेकी घर परिवार हरुको घुलमिल र आउँजाउ मा रोक लागाउनु पर्नेछ ।
४. कोरोना देखा परेको एक टोल देखि आर्को टोल, त्यस्तै एक बस्ती देखि अर्को बस्ती आवतजावतमा अति जरुरी काम बहेकमा रोक लगाउनु पर्ने छ ।
५. मेला, विवाह, जन्ती, खेलकुद, क्यारेम्वोर्ड, अनावश्यक घुमफिरलाई रोक लगाई सकियको भयता पनि अटेर हुन आयकोले अराजक अटेरीहरुलाई रोक लगाउन आबस्यक सुरक्षाकर्मी परिचालन गर्न सकिने छ ।
६. कोरोनालाई पूरापुर चेनअफ ब्रेक गर्दै सम्भावित बस्ती, टोल र घर परिवारलाई ट्रेसिङ्ग गर्दै कोरोना पहिचान गरि निर्मुल गर्न हामी सबै कलस्टरमा अझै लाग्नु पर्ने छ ।
७. राजनैतिक दल, क्लब, सरकारी तथा गैरसरकारि संघ, संस्था, स्वास्थ्यकर्मि, सुरक्षाकर्मी, समाजसेबि, बुद्धिजीवी विभिन्न समुहहरु र टोल समितीहरुको साथ सहयोग लिदै कोरोना विरुद्ध एकजुट भै लड्नु पर्नेछ ।

अन्त्यमा कोरोना सामान्य छैन, कोरोना रुघाखोकी होइन, कोरोना माहामारी रोग हो । कोरोना मृत्यु हो । यसको सङ्क्रमन बढीरहेको छ । क्षेती पनि पुराई रहेको छ । तसर्थ हामी सबै समाजका अगुवा हुनुको नाताले सचेत्ता पुर्ण अगुवा गरौं । कोरोना कसैले कसैलाइ सार्न छुट छैन । जो कसैले हेलचक्राइ गरि सार्दै छ भने त्यसले अपराध गर्दै छ१ मृत्यु सार्दै छ। सबैलाई साबधान गराउ धन्यवाद ।

Sharing

प्रतिक्रिया दिनुहोस