• २०८३ असार ५ गते शुक्रवार

अपिहिमालमा यार्सागुम्बा सङ्कलन गर्न गएका एकजना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ९, दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् ।

हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको छ । “आफन्तले खोजी गर्दा पनि अहिलेसम्म केही भेटिएको छैन”, अपिहिमाल–४ का वडाध्यक्ष रवीन्द्रसिंह बोहराले भन्नुभयो, “गाउँले गएर खोजी गरे पनि अझै भेटिएको छैन ।

घटनाबारे बुझ्न प्रहरी टोली खटाइएको प्रहरी चौकी खण्डेश्वरीका सहायक निरीक्षक तेजराम महरले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आएको छैन । अहिले दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा सङ्कलनका लागि सङ्कलन अनुमति नदिँदै सङ्कलकहरु यार्सा पाइने लेकमा भरिएका छन् ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण बढेका कारण यस वर्ष तत्काल यार्सागुम्बा सङ्कलन अनुमति नदिन आग्रह गरेको थियो । सोहीअनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले सङ्कलन अनुमति रोकेको थियो तर अहिले दार्चुलाको व्यास तथा अपिहिमाल गाउँपालिकाका यार्सागुम्बा पाइने पाटनहरुमा सङ्कलकहरु गएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस