वैशाख १०, नवलपरासी-पूर्व ।कावासोती नगरपालिका-३ अठ्ठाइस बिगाह बस्ने ६९ वर्षीय राम बहादुर जिसिको घरमा तास खेलिरहेको अवस्थामा जिसि समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४६ हजार ६ सय ७५ रुपैयाँ, भारतीय रुपैयाँ ५ हजार र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।