• २०८३ असार ३ गते बुधवार

कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालन हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०,कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल कारखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो ।कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ ।

कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । “पोटास मल असारदेखि उत्पादन गर्छौँ”, कारखानाका सञ्चालक उमाकान्त जोशीले भन्नुभयो, “आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि बढाइन्छ ।” कारखानाका लागि भौतिक संरचना निर्माण सुरुआतको काम भइसकेको छ । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कारखाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ । कारखाना रहने जग्गाको क्षेत्रफल सात हजार ५०० वर्गफिट रहेको छ । साझेदारी फार्मका रूपमा दुई उद्योगीले कारखाना सञ्चालन गर्दैछन् । उद्योगमा प्रत्यक्षरूपमा ५० भन्दा बढीले रोजगारी पाउनेछन् ।

कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कारखानालाई नगरकै गौरवको योजनाका रूपमा लिएको बताउनुभयो । “बाली लगाउने बेला किसानलाई रासायनिक मल नपाउँदा निकै सास्ती हुँदै आएको छ”, उहाँले भन्नुभयो, “मल कारखानाले गुणस्तरीय मल उत्पादन गरे । सुदूरपश्चिम प्रदेशकै किसानले राहत पाउँछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस