बैशाख १०, नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा तीन लाख १४ हजार ८३५ जनामा कोरोना संक्रमण भएको तथ्यांकमा उल्लेख रहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा दुई हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ६५७ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९६५ पुगेको तथ्यांक छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।