• २०८३ जेष्ठ २५ गते सोमवार

जतिन्जेल यो सरकार रहन्छ, त्यतिञ्जेल संसदको तिरस्कार बढ्दै जान्छ : गगन थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकार रहुञ्जेलसम्म संसदको तिस्कार बढ्दै जाने बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ‘जति दिन यो सरकार रहन्छ त्यतिबेलासम्म संसदको तिरस्कार, उपेक्षा गर्ने काम बढ्दै जान्छ, किनभने प्रधानमन्त्री ओलीलाई वर्तमान संसदसंग बदला लिनुछ’ बताउनुभएको हो ।

यो संसदको तिरस्कार र केही थान संसदको लोगो लगाउने सांसदको अपमान मात्र गरेको नभएर संसद बनाउने जनताको तिरस्कार भएको बताउनुभयो । संसदको अपमानको बदला जनताले यथोचित समयमा लिने बताउँदै उहाँले आफुहरु पनि त्यसको लागि सधै तयार रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीले ‘संसद छल्न हठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गरेको आरोपसमेत लगाउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस