चैत १०, मकवानपुर। मकवानपुरमा ५० जना स्वास्थ्यकर्मीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा प्रबेश गरेका छन । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडामा एक कार्यक्रमकाबीच उनीहरुलाई स्वागत गरेका छन । सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा मेडिकल ल्याब एसोसिएसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष उत्सव चौँलागाईको नेतृत्वमा ५० जना स्वास्थ्यकर्मीहरु एमालेमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका जिल्ला सह–संयोजक हिरा लामा पनि छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।