• २०८३ जेष्ठ ३० गते शनिवार

सुनचाँदीको मुल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १६ सयले घटेर तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजार एक सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर २२५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३ सयमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस