• २०८३ बैशाख १९ गते शनिवार

दाङमा विद्यार्थी बोकेको बस दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, दाङ। दाङमा स्कुलबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा तुलसीपुर–१६ का अस्मिता बस्नेतको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बस्नेतको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । दुर्घटनामा परि २२ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस आज बिहान साढे ५ बजेतिर ब्रेक फेल हुँदा तुलसीपुर–१५ को सरैयामा दुर्घटनामा परेको हो । घट्नाबारे थप विबरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस