• २०८३ भाद्र २१ गते आइतवार

परिवर्तनको आशा कहिले गरौं कमरेड ?

छत्र थापा पढ्न लाग्ने समय : ३ मिनेट

मैले सदैव कुनै पार्टि नेता समूह र व्यक्तिको अनगर्ल विरोध गरेर समय खेर फाल्न चाहदिन पनि तर जब जब व्यक्ति, समाज, समूह पार्टि वा राष्ट्रलाई नै असर पर्ने गतिविधिहरु हुन्छन तब मात्र आवाज उठाउछु । यो मेरो नेपाली नागरिक भएको कर्तव्य पनि हो । तर जो कसैलाई सत्य वा गलत लागोस मतलव पनि राख्न चाहन्न ।

भ्रस्टाचार गरेर मात्र देश बर्बाद हुदैन, देश त यसरी पनि बर्बाद हुन्छ कि यो हिजोको भीडमा हजारौ युवाहरुको समय लुटिएको छ, भावना लुटिएको छ । बिहान बेलुका काम गरेर खाने मजदुरको गाँस लुटिएको छ। हजारौ लिटर पेट्रोल डिजेल लुटिएको छ। बाटोमा चल्ने सार्बजनिक यातायात र सुत्केरी बोकेका एम्बुलेन्सहरुको गन्तब्य लुटिएको छ। परीक्षा दिन गएका बिधार्थीहरुको सपना लुटिएको छ । देशको विकाश लुटिएको छ ।

पटक पटक आन्दोलनका नाममा ७७ जिल्लाका बेरोजगार युवा कार्यकर्ता भेला गरेर जनता हाम्रो पक्षमा छन भन्ने भ्रम तुरुन्तै बन्द गर्नु पर्छ । कुनैपनि पार्टी र समुहले पनि तपाईहरुको लोक प्रियता मापन गर्ने चुनाव हो तर सडकको नारा होईन । भ्रस्टाचार गरेर मात्र देश बर्बाद हुदैन, देश त यसरी पनि बर्बाद हुन्छ कि यो हिजोको भीडमा हजारौ युवाहरुको समय लुटिएको छ, भावना लुटिएको छ । बिहान बेलुका काम गरेर खाने मजदुरको गाँस लुटिएको छ। हजारौ लिटर पेट्रोल डिजेल लुटिएको छ। बाटोमा चल्ने सार्बजनिक यातायात र सुत्केरी बोकेका एम्बुलेन्सहरुको गन्तब्य लुटिएको छ। परीक्षा दिन गएका बिधार्थीहरुको सपना लुटिएको छ । देशको विकाश लुटिएको छ । एकतामा विभाजन आएको छ । हामिले कहिले बुझ्ने हो ?

अमेरिकाले जापानलाई खरानी वनाएर उडायो तर जापानले अमेरिकालाई खरानी वनाउन सक्ने क्षमता बृदि गर्यो तैपनि उसले खरानिको जवाफ खरानिले होईन अमेरिका भन्दा बढि अर्थतन्त्र मजवुत वनाएर जवाफ दियो । हामिले त गाली गलौजले सडक, सदन, सन्जाल र समाचार माध्यमले रंगाउने गर्छौ ।

अझै केहि साथीहरु भीड देखेर मख्ख पर्दै हुनुहुन्छ भने भ्रममा नपर्नुहोस किनकी तपाई मात्र हैन यहॅा तपाईको जन्मदै गरेको सन्तानको पनि भाग्य लुटिएको छ । एक दिनको वन्दको असरले कति दिनलाई असर गरेको हुन्छ १ हामीलाई भीड थुपारेर खोक्रा भाषण दिने नेताहरु होईन जनतालाई २४ सै घण्टा काममा ब्यस्त बनाएर उत्पादनशील नागरिक तयार गर्ने इमानदार शासक चाहिएको हो । अमेरिकाले जापानलाई खरानी वनाएर उडायो तर जापानले अमेरिकालाई खरानी वनाउन सक्ने क्षमता बृदि गर्यो तैपनि उसले खरानिको जवाफ खरानिले होईन अमेरिका भन्दा बढि अर्थतन्त्र मजवुत वनाएर जवाफ दियो । हामिले त गाली गलौजले सडक, सदन, सन्जाल र समाचार माध्यमले रंगाउने गर्छौ । के यहि हो त हाम्रो राजनिति धर्म,सस्कृति ,परम्परा, सिद्धान्त विचार र आचार संहिता ? हामिले युवा र भावी सन्तानहरुलाई कस्तो शिक्षा दिएका छौ एक पटक कुर्चिका काला चश्मा उतारेर प्राकृतिक आँखाले हेरौ त छर्लङग देखिन्छ ।

तपाईहरुको गलामा लगाउने मालाको फुल दायाँ वायाका छिमेकीबाट ल्याईन्छ, तपाईहरुले लगाउने जुत्ता मोजा, सट पाईन्टको कपडा सिलाउने धागो, वटन, चिया, नाश्ता खाना, वस्ने सोफा, भाषण गर्न प्रयोग हुने माईक, हातमा चलाउने स्मार्ट फोन, ल्यापटप, दौडिने गाडी आदि के यी नेपाली उत्पादन हुन ? मैले पटक पटक यसकै जवाफ खोजि रहेको हो । विरोध होईन यदि कसैलाई विरोध लाग्छ भने जुन सजाय दिएपनि हुन्छ भोग्न तयार छु।

पटक पटक गरिव, दुखि जनताहरुका छोरा छोरी, सहिद अपाङग, घाईते, विदुवा, टुहुरा, घरवारविहीन भएर हरेक राजनीतिक दलहरुका नेताहरलाई सत्तामा पुर्‍याइ मतदान गर्छन, कर तिर्छन, लेवि तिर्छन यि यावत कुराहरुको वावजुद उनीहरुले परिवर्तन चाहेर लडेका थिए तर परिवर्तन त भयो जनताहरुलाई होईन दलिय नेताहरुलाई मात्र १ अझै कहिले सम्म महोदय ? अब पनि हामि कहिले होला चेतनशील बन्ने कम्रेडहरु ?

लेखक थापा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च विचार समुह अर्घाखाची मा आवद्ध हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस