• २०८३ बैशाख १५ गते मङ्गलवार

संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो : पूर्वप्रधानमन्त्री भट्टराई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद्मा अवरोध नगरी प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को अवरोधका बीच चलेको संसद् बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताउनुभयो ।

“जनप्रतिनिधिमूलक संस्था भनेको जनताको सार्वभौमिक सत्ता अभ्यास गर्ने उच्चतम् थलो हो, यसमा असहमति हुन सक्छन्, तर प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्ने हो, अवरोध गर्ने होइन”, उहाँले भन्नुभयो, “राष्ट्रिय÷अन्तर्राष्ट्रिय मुद्दा होइन, आफ्नो पार्टी फुट्यो भन्ने निउँमा यसरी महिनौँसम्म बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो ।

प्रतिपक्षीले अनिश्चित ढङ्गले संसद्लाई बन्धक बनाउन लोकतन्त्र कमजोर हुने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले छिटोभन्दा छिटो प्रतिपक्षले संसद् सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । एमालेको अवरोध कायम रहे अन्तर्राष्ट्रिय परम्परा र संसदीय मर्यादानुसार संसद्लाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस