• २०८३ बैशाख १० गते बिहिवार

प्रधानसेनापति–चिनियाँ राजदूत भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो ।

चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्ने विश्वास जनसम्पर्क तथा सूचना निर्देशनालयले भेटपछि विज्ञप्ति निकालेर व्यक्त गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस