असोज ६, काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर वडा नं ३ को ईकाइ अधिवेशनमा बिवाद भएको छ । ईकाइ अधिवेशन गौर कानुनी रुपमा संचालन भएको भन्दै बिरोध भएको छ । नेपाली कांग्रेस क्षेत्र नं ७ का सदस्य भोलानाथ अर्यालका अनुसार अधिवेशन शुरुहुने पूर्व सन्ध्यामै बिधान लत्याइएको छ ।
ईकाइ सभापतिमा ६ जना उम्मेदवार थिए, उम्मेदवारी दर्ता फारम सम्म नभराई खाली कागजमा नाम टिपेर प्रति उम्मेदवार पाँच हजार रुपैया सम्म मनोमानी रुपले संकलन गरेको अर्यालको भनाई छ । तवकी बिधान अनुसार उम्मेदवारी दर्ता पाँच सय रुपैया रहेको छ र उम्मेदवारी फारममा प्रस्तावक र सर्मथक अनिवार्य हुनुपर्दछ ।
उनले सामाजिक सञ्जाल मार्फत पनि आक्रोश पोखेका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन : आज नेपाली काँग्रेस तारकेश्वर नगरपालिका वडा नं ३ को अधिवेशनमा प्रकृयागत कार्यहरु समेत पूरा नगरी सुनियोजित ढंगबाट ल्याइएको निर्वाचन अधिकृत हरिशरण खतिवडाको मिलेमतोमा पूर्व क्षेत्रीय सभापति धर्मराज अर्याल , क्षेत्रीय सचिव तथा वडाध्यक्ष मनोहरि तिवारी,नगरसचिव परशुराम अर्याल ,ईकाइ सभापति शारदा प्रसाद अर्याल ,सह सभापति बलराम पुडासैनीको आपसीमिलोमतोमा नेपाली काँग्रेसको विधान ,नियमावली र निर्वाचन निर्देशिका विपरित तानशाही प्रवृत्ति देखाउदै , नामावली प्रकाशन देखि उम्मेद्वारी दर्तालगायतका केही पनि कार्य पुरा नगरि रु ५००० का दरले रकम उठाएर एकलौटी ढंगबाट घाेषणा गरिएको नाटक मञ्चनको हामी घोर भर्त्सना गर्दछौँ ,यो ईकाइ कार्यसमिति ,क्षेत्रीय प्रतिनिधिहरु खारेजका साथै यो अधिवेशनलाई मान्यता प्रदान नगर्न नेपाली काँग्रेस जिल्ला र केन्द्रीय निर्वाचन समितिलाई अनुराेध गर्दछौँ ।
त्यस्तै दिनभर निर्वाचन हुन नसकेको र सर्वसम्मतिको बाहाना गरि निर्वाचन अधिकृत हरिशरण खतिवडाले साँझपख केही समूहरुमात्र मिलाएर एक्लौटी रुपमा बर्तमान तारकेश्वर नगरका सचिव परशुराम अर्याल सहितका पदाधिकारीहरु घोषण गर्नुभएको उनी बताउछन । निर्वाचन अधिकृतनै अबैधानिक वडा नं ३ को ईकाइ अधिवेशनका लागी बरिष्ठ अधिवक्ता पोषण राज लामिछानेलाई तोकीएको थियो तर सोही स्थानमा हरिशरण खतिवडालाई निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी दिइएको छ । ने.वी संघ ग्रामीण आर्दश बहुमुखी क्याम्पसका पूर्व सभापति रहेका खतिवडा हाल नुवाकोट पंचकन्या गाउँपालिका वडा नं ५ बाट क्षेत्रीय प्रतिनिधि रहेका छन । नेपाली कांग्रेसको बिधान अनुसार निर्वाचन अधिकृतक कुनै पनि बहालवाल समितिमा रहनुहुदैन ।
निर्वाचन अधिकृत बिरुद मुदा दायर गर्ने यसै बिच ईकाई सभापतिका प्रत्यासी राजु फँयालले निर्वाचन अधिकृत हरिशरण खतिवडा बिरुद्ध उजुरी गर्ने बताएका छन । वडा नं ३ मा रहेका २०२ जना क्रियाशिल सदस्यहरु मध्य १५० भन्दा बढीको हस्ताक्षर भएको र आजै जिल्ला निर्वाचन कार्यालय ज्ञानेश्वर र केन्द्रिय निर्वाचन कार्यालय सानेपामा उजुरी दर्ता गर्ने फँयालले बताए ।