• २०८३ कार्तिक ९ गते आइतवार

इजरायलमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २, काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट निधन भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।

विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्य ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् । संक्रमित नेपाली मध्य ९१ प्रतिशत जाति भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस