• २०८३ जेष्ठ १६ गते शनिवार

अवैध लागूऔषध सहित बिभिन्न स्थानबाट मानिसहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । प्रहरीले खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-७ कार्तिके बस्ने ५६ वर्षीय मगम राईलाई करिब १५ केजी अवैध लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरि पर्वत, जलजला गाउँपालिका-३ वारीबेनी डेरा गरी बस्ने बाग्लुङ नगरपालिका-१० भकुण्डे घर भएका २४ वर्षीय नरेन्द्र किसनलाई ५ सय ८० ग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मल्लाज चोकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरी चौकी वारीबेनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस