• २०८३ बैशाख ७ गते सोमवार

खोजमूलक पत्रकारितामा धरानका खिलानाथ विश्वकर्मा सम्मानित

सुविन बिश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

साउन ७, सुनसरी । धरानलाई कार्यक्षेत्र बनाएर बिगत ५ वर्षदेखी पत्रकारिता गर्दै आएका पत्रकार खिलानाथ विश्वकर्मा खोजमुलक पत्रकारितामा उत्कृष्ट ठहरिएका छन् । विश्वकर्मालाई खोजमुलक ढङ्गले विषयबस्तुको उठान गर्दै पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकनसहित ‘रेशबहादुर लम्जेल खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ बाट सम्मानित गरिएको छ ।

धरानबाट प्रकाशित प्रवोध साप्तहिक पत्रिका ११ वर्ष प्रवेश गरेको अवसरमा विश्वकर्मासहित ३ जना क्रियाशिल पत्रकार र १ जना साहित्यकारलाई नगदसहित सम्मान गरिएको हो ।

सम्मानीत तथा पुरस्कृत हुनेहरु ब्लाष्ट टाइम्स दैनिकका खिलानाथ विश्वकर्मा, दिब्य रोशनी साप्तहिकका सागर सिञ्जाली र कृति टेलीभिजनकी मौशमी कार्कीलाई नगद ५ हजारसहित सम्मान गरिएको सम्पादक लम्जेल सङ्घर्षशीलले जानकारी दिए ।
उनकाअनुसार साहित्यकार एवम् साप्ताहिक पत्रिकाका सल्लाहकार गणेशकुमारी राईकी आमाको बार्षिक स्मृतिमा ‘मतीश्वरा राई स्मृति साहित्यिक पुरस्कार–२०७८’ इटहरीकी कवियत्री लता कार्की नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

प्रवोध साप्तहिक पत्रिकाका सम्पादक लम्जेल सङ्घर्षशीलका बुवा रेशबहादुर लम्जेलको बार्षिक स्मृतिमा स्थापना गरिएको ‘रेशबहादुर लम्जेल खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिकका खिलानाथ विश्वकर्मालाई प्रदान गरिएको हो ।
त्यस्तै, पत्रिका प्रधान सम्पादक तथा प्रकाशक जमुना श्रेष्ठका आमाबुबाको बार्षिक स्मृतिमा ‘विष्णु–नन्द स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार’ दिव्य रोशनी साप्ताहिकका पत्रकार सागर सिञ्जालीलाई प्रदान गरिएको हो । पत्रिकाका सल्लाहकार गजेन्द्र लम्जेलकी आमाको बार्षिक स्मृतिमा स्थापना गरिएको ‘पदमकुमारी लम्जेल स्मृति पत्रकारिता पुरस्कार’ कृति टेलीभिजनकी पत्रकार मौसमी कार्कीलाई प्रदान गरिएको हो ।
वार्षिक उत्सवकै अवसरमा पत्रिकामा समूहका आफन्तजनको सामुहिक बार्षिक स्मृति एवम् सम्मान कार्यक्रम गरेको पत्रिकाको प्रकाशक, सम्पादक जमुनादेवी श्रेष्ठले बताइन् ।

कार्यक्रमका प्रमख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले धरानका साप्तहिक पत्रिकामा पनि प्रवोध र दिब्य रोशनीले विभिन्न रचनात्मक कार्य गर्दै संस्थागत भुमिका निर्वाह गरेको बताए । नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य दिपेस राई, नेकपाका नेता तिर्लोचन लोहार, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई साथै विभिन्न राजनितीक दलका नेतृत्व तथा प्रतिनिधि र साहित्यिक व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

पत्रिकाको अनलाइन संस्करण पनि सञ्चालन रहेको छ । पत्रिकाको १० औं बर्ष पुरा गरी २०७८ साउन १ गते देखि ११ औं बर्ष प्रबेश गरेकोे हो । ११ औँ वर्ष प्रवेश गरेको अवसरमा विहिबार धरानको होटल पुर्वी स्टारमा विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । पुर्वका क्रान्तिकारी पत्रकार तथा संस्कृतिकर्मी महान सहिद डि कौडिण्यको स्मृति कार्यक्रम समेत रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस