असार ८, मोरङ । रतुवामाई नगरपालिका-१० सोमबारेमा रहेको काबेली समृद्धि बहुउद्धेशिय सहकारी संस्थाबाट चोरी गरेको नगद २ लाख ३० हजार ८ सय रुपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-९ बस्ने ३० वर्षीय ज्ञान बहादुर पौडेल र सोही ठाउँ बस्ने १९ वर्षीय बिकास बजगाई रहेका छन् । उक्त संस्थामा सोमबार राति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले चोरी भएको उक्त नगद पौडेलको गोठमा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।