माघ ५, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको छ ।
आज बिहान सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो ।लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ ।
नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन । यस बीचमा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ ।