असार ८, बैतडी । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो ।
दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुखले जानकारी दिनुभयो । गएको जेठ २६ गते ती वृद्धमा कोरोना पुष्टि भई जिल्ला अस्पतालमा उपचार भईरहेको थियो ।