• २०८३ जेष्ठ २५ गते सोमवार

विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, काठमाण्डौ । प्रतिनिधि सभा विघटनसँगै मध्यावधि चुनावको मिति घोषणा भएसँगै विपक्षी गठबन्धनले थप रणनीति बनाउन विपक्षी दलहरुको गठबन्धनको संयुक्त बैठक सुरु भएको छ । संयुक्त छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको खनाल–नेपाल समूह र राष्ट्रिय जनमोर्चाको छलफल सुरु भएको हो ।

१४९ जनाको हस्ताक्षरसहित दाबी पेस गर्दासमेत प्रधानमन्त्रीमा नियुक्त नगरि प्रतिनिधि सभा नै विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्ने कदमलाई विपक्षी गठबन्धनले प्रतिगमनको रुपमा लिएको छ । आजको बैठकमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सबैजनाको तर्फबाट अदालतमा रिट हाल्नेबारेसमेत छलफल हुने नेताहरुले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस