जेठ ०८, पाल्पा । पाल्पाको जोर्तेमा मालबाहक ट्रक दुर्घटना भएको छ । विहान करिब पौने छ बजेतिर बुटवल बाट तम्घास तर्फ जादै गरेको ना २ ख ९५८२ न को ट्रक रिब्दिकोट गाउँ पालिका वडा न २ जोर्तेमा दुर्घटनाग्रस्त भएको हो ।

ट्रकमा चालक सहित २ जना रहेका थिए । २ जनालाई नै प्रहरी चौकी अर्गली पाल्पाले उद्दार गरि युनाइटेड मिसन अस्पताल पठाएको छ । घाइते हुनेहरुमा चितवनका अन्दाजी बर्ष ४५ का चालक हिरलाल चौधरी , र सोही जिल्लाका अन्दाजी बर्ष २८ का सहचालक सिकारम चौधरी रहेको प्रहरीले जनायको छ।
घाइते मध्ये चालक चौधरीलाइ हात खुट्टा मुख तथा शरिरमा चोटपटक लागेको छ भने सहचालक सिकारामलाइ हातमा चोट लागेको छ। ब्रेक नलागेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।