• २०८३ बैशाख २९ गते मङ्गलवार

आजको मौसम : थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्युनचापिय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भु-भागमा आंशिक बदली रहेको छ र तराईका भु-भागमा सामान्यतया सफा रहेको छ। ।

महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी तथा तराईका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राती पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि तराईका भू-भागमा आंशिक बलदी रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस