• २०८३ बैशाख ९ गते बुधवार

भारतमा एकैदिन दुई लाख ९५ हजारबढीमा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९,नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार ४१ जनामा कोरोना संक्रमण भएको तथ्यांकमा उल्लेख रहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा दुई हजार २३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८२ हजार ५५३ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५६ लाख १६ हजार १३० पुगेको तथ्यांक छ ।

Sharing

प्रतिक्रिया दिनुहोस