• २०८३ बैशाख ४ गते शुक्रवार

कास्कीमा १४ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, कास्की । पोखरा महानगरपालिका–८ सिमलचौरस्थित बुद्धिमाया तामाङको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ बस्ने सममायाँ गुरुङ समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद ६८ हजार ८३५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । पोखरा महानगरपालिका–१३ कामना टोलस्थित डेरा गरी बस्ने सन्य गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा कृष्ण गुरूङ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ हजार ५ सय ५५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस