• २०८३ बैशाख ९ गते बुधवार

शनिबार टोखा नगरस्तरीय भेलाको हुदैं, उपप्रधानमन्त्री पोखरेलले सम्बोधन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको टोखा नगरस्तरीय अगुवा भेला भोली शनिबार गर्ने भएको छ । नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम सद्धभाव पार्टी प्यालेसमा हुने युवा संघका नेता अमित पौडेलले जानकारी दिनुभयो ।

टोखा नगरस्तरीय अगुवा भेलामा नेकपा ओली समूहका शिर्ष नेताहरुको उपस्थिती रहने छ । टोखा नगर कमिटिद्धारा आयोजित भेला माघ १० गते १२ बजे सद्धभाव पार्टी प्यालेसमा हुने भएकाले टोखा नगरको १ देखि ११ वडासम्मको सम्पूर्ण सदस्यलाई हार्दिक निमन्त्रणा साथै सम्पूर्ण जनसंगठनहरुलाई पनि युवा नेता पौडेलले निमन्त्रणा गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस