माघ ९, काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका शीर्ष नेताको बैठक बोलाउनु भएको छ । सभापति देउवाले शीर्ष नेताहरुलाई समसामयिक राजनीतिक विषयमा छलफल गर्न वर्तमान र पूर्वपदाधिकारीलाई देउवा निवास बुढानीलकण्ठमा बोलाउनुभएको हो ।
कांग्रेसले बिहीबार कांग्रेसले गरेको प्रदर्शनको समीक्षा गर्ने गरी बैठक बोलाइएको हो । यस्तैगरी प्रदेश १ र बागमती प्रदेश सभामा पेश भएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव र कांग्रेसको रणनीतिबारे समेत छलफल हुने तालिका रहेको जनाईको छ ।
नेकपाको आन्तरिक विवादका कारण दाहाल–नेपाल पक्षले दुबै प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएकाले कांग्रेस ती प्रदेशमा निर्णायक बनेको हो ।