माघ ९, काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला २ सयले घटेर प्रतितोला ९२ हजार ९ सयले कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाला सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।