• २०८३ बैशाख १९ गते शनिवार

रुपन्देहीमा हत्या गरि फालिएको अवस्थामा शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९ , बुटवल । रुपन्देहीको गैडहवामा हत्या गरि फालिएको अवस्थामा ५५ वर्षीया महिलाको शव फेला परेको छ । गैडहवा गाउँपालिका २ की महिलाको शव तोरीबारीमा भेटिएको प्रहरीले जनाएको छ ।

हत्या गरि फालिएको अवस्थामा कलावती धोबीको शव भेटिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । बुधबार साँझ घरबाट निस्किएकी उनको लास गाउँनजिकैको तोरिबारीमा भेटिएको हो । उनको टाउको चोट देखिएको छ । उनको हत्या किन र केको लागी गरिएको बारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी दिए । ती महिलाको शव पोस्टमार्टमका लागि भीम अस्पतालमा लगिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस