पौष ६, काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ९० जनामा कोरोनासंक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २६ हजार २ सय ६ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ४२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ३२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ९ हजार ३ सय ८७ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७७ जना पुगेको छ ।