• २०८३ बैशाख ६ गते आइतवार

जाजरकोट बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ७, सुर्खेत । जाजरकोट र रुकुम पश्चिमको सीमानामा पर्ने नलगाड नगरपालिका ठूलीभरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा घाइते भएका ९ जनामध्ये २ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ र जाजरकोटको तल्लो बगर जोड्ने भेरी नदीमा बन्दै गरेको बेलिब्रिज भाँचिदा भारतीय कामदार ४० वर्षीया धमेन्द्र गौतम र ३५ वर्षीया पुरुषउत्तम कुमार विक्रमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोक्काले जानकारी दिए ।

घाइते सातमध्ये दुई जनाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टर मार्फत थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस