• २०८३ बैशाख १७ गते बिहिवार

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित ३ जना पक्राऊ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ६, कञ्चनपुर । सशस्त्र प्रहरीले लागू औषध सहित ३ जनालाई पक्राऊ गरेको छ । पक्राउ पर्नेमा, कञ्चनपुर जिल्लाको लालाझाडी गाउँपालिका वडा नम्बर १ को बुनाबारीमा बस्ने १९ वर्षिय अनिल राना, सोही ठाउँको २० वर्षिय रवीन्द्र वडाएक र २३ वर्षिय नरेश रानालाई गस्तीमा रहेका सशस्त्र प्रहरी को टोली ले पक्राऊ गरेको हो ।

मंगलबार बिहान लागु औषध सहित से ३ प ७५२५ नम्बरको मोटसाइकलमा सवार पुनर्वास नगरपालिका वडा ४ कार्गिलडाँडा बाट उनीहरूको साथबाट नेट्राभेट १० नामक लागु औषध ट्याबलेट १३ थान, ३५० रुपैयाँ र मोबाइल फोन तीन थान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिएका छन् ।

उनीहरुलाई पक्राऊ गरी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस