मंसिर ०५, काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टर लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलका अनुसार एक नम्बरमा अनिश कुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । त्यसपछि जेसी साह (केन्द्रीय विपद् व्यवस्थापन), विजय यादव (जिप्रका धनुषा), केशवकुमार शाह (विशेष ब्यूरो), मनोज कुमार शाही (ट्राफिक तनहुँ), लोकबहादुर गुरुङ (ललितपुर परिसर), नवीनकुमार अधिकारी (सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय) रहेका छन् ।
त्यसैगरी श्याम बहादुर साउद (सुप प्रदेश प्रहरी कार्यालय), ऐन बहादुर मल्ल ठकुरी (अपराध अनुसन्धान विभाग), राजकुमार शाही (बालाजु वृत्त), राजेश कार्की (सशस्त्र प्रहरी गुल्म, काभ्रे), परशुराम मल्ल (आन्तरिक लेखा परीक्षक उपशाखा), भरत बहादुर शाह (प्रहरी प्रशिक्षण प्रतिष्ठान) रहेका छन् ।